- बैशाख ६, २०८२
- No Comment
- 30
कालीकोटकाे शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक मृत फेला

कालीकोट। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँस्थित शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर शाही मृत अवस्थामा फेला परेका छन्।
५४ वर्षीय शाही शुक्रबार बेलुका बेलुपाटा बजार गएका थिए। तर राति अबेरसम्म घर नफर्किएपछि परिवारले शनिबार बिहान प्रहरीलाई खबर गरेको थियो। स्थानीय र प्रहरीले संयुक्त खोजी गर्दा उनी बजार नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।
घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।