- बैशाख ६, २०८२
- No Comment
- 19
यू-१९ विश्वकप छनोटमा नेपाल र अफगानिस्तानबीच आज भिड्दै

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र अफगानिस्तानबीच खेल हुँदैछ। तल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजेबाट सुरु हुनेछ।
यस अघिका आफ्ना ३–३ खेलमा अपराजित रहेका नेपाल र अफगानिस्तानबीचको आजको भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ। दुवै टोलीले समान अंक जोडे पनि नेट रनरेटको आधारमा अफगानिस्तान नेपालभन्दा अघि रहेको छ।
त्यसैले आजको खेल बराबरीमा टुंगिएमा वा वर्षाका कारण खेल अवरुद्ध भएर अंक बाँड्नुपर्ने स्थिति आएमा अफगानिस्तानले यू-१९ विश्वकपमा स्थान बनाउनेछ।
यूएई, हङकङ र ओमानसमेत सहभागी छनोट प्रतियोगिताबाट नेपाल र अफगानिस्तान बाहेकका टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्।
आजको खेलमा नेपालको जितको आवश्यकता अत्यन्तै महत्वपूर्ण रहेको छ, जसले गर्दा नेपाली टोलीले आगामी यू-१९ विश्वकपमा स्थान बनाउनेछ।