• बैशाख ३, २०८२
  • No Comment
  • 174

भेरी नदीमा सुरु भयो मोटरबोट

गुर्भाकोट। भेरी नदीमा अब मोटरबोट चढेर रमाइलो गर्न सकिने भएको छ। गुर्भाकोट नगरपालिका अन्तर्गत खटाङ्ग क्षेत्र नजिकै भेरी नदीमा मोटरबोट सेवा सुरु गरिएको छ। पर्यटकहरुलाई लक्षित गरी सुरु गरिएको यो सेवा ‘खटाङ्ग पर्यटन मोटरबोट सर्भिस’ द्वारा सञ्चालनमा ल्याइएको हो।

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले मोटरबोट सेवा केवल रमाइलोका लागि मात्र नभई बाढी तथा विपद्‌को बेला उद्धार र सहायता कार्यमा पनि उपयोगी हुने बताए। उनका अनुसार यो सेवा आन्तरिक पर्यटन प्रवर्द्धनको दृष्टिले पनि महत्वपूर्ण हुनेछ।

नगर प्रमुख मैना बिकका अनुसार भेरी नदीको किनारमा रहेको शान्त र रमणीय वातावरणमा जलविहार गर्न चाहने पर्यटकका लागि मोटरबोट उत्कृष्ट विकल्प हुनेछ। व्यक्तिगत पहलमा सञ्चालित यो सेवाका लागि दुई जना जनशक्ति तालिम प्राप्त गरी हाल तालिमकै क्रममा सेवा दिइरहेका छन्।

हालका लागि गोकलपुर रङ्गशालामा भइरहेका खेलकुद प्रतियोगिता लक्षित गर्दै पक्की पुलदेखि गोकलपुर खेल मैदानसम्म मोटरबोट सञ्चालनमा ल्याइएको छ। यात्राको दूरी दुई राउण्ड सम्म हुनेछ, जसको शुल्क प्रतिव्यक्ति दुई सय रुपैयाँ तोकिएको छ।

पानीको बहाव र मौसमको अनुकूलतालाई ध्यानमा राख्दै वर्षभरि नै मोटरबोट सेवा सञ्चालन गर्ने योजना बनाइएको छ। यस सेवाले गुर्भाकोटमा थप पर्यटक आकर्षण बढाउने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

 

 

 

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *