• चैत्र २९, २०८१
  • No Comment
  • 99

रुकुम पश्चिममा लगाइएको अफिमखेती नष्ट

रुकुम। रुकुम पश्चिममा प्रहरीले अवैध लागुऔषध अफिम खेतीविरुद्ध कडा अभियान थालेको छ। पछिल्लो चार दिनमा मात्रै ७५ रोपनी क्षेत्रफलमा फैलिएको अफिमखेती नष्ट गरिएको छ।

त्रिवेणीस्थित जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चैत महिनायता लगातार अफिमखेती नष्ट गर्ने अभियान चलाउँदै आएको छ। प्रहरीका अनुसार अहिले अफिम उत्पादनको मुख्य याम भएकाले विभिन्न स्थानमा खेती फस्टाएको छ।

प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार गत शुक्रबारदेखि मङ्गलबारसम्मको चार दिनमा मात्रै आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका दुर्गम पहाडी क्षेत्रहरूमा गरी ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट गरिएको  जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

आठविसकोट–१२ को ठूली बार्खूमा ५ रोपनी, कालापानी बाँस्तोला भन्ने स्थानमा गत आइतबार १० रोपनी, गत सोमबार सानीभेरी–६ छहरामा ४० रोपनी र आठविसकोट–३ पाटागाउँमा २० रोपनी गरेर चार दिनमा ७५ रोपनीमा लगाइएको लागुऔषध अफिमखेती नष्ट गरिएको

 

विस–३० मा १० रोपनी, सानीभेरी–६ छहरा क्षेत्रमा ४० रोपनी र आठविसकोट–३ पाटागाउँमा २० रोपनी क्षेत्रफलमा अवैध अफिमखेती गरिएको प्रहरीले पत्ता लगाएको थियो।

जंगलमा लुकीछिपी खेती गरिने भएकाले संलग्न किसानहरूको पहिचान गर्न गाह्रो भइरहेको प्रहरीको भनाइ छ। तथापि, जानकारी प्राप्त भएअनुसारका सबै स्थानमा पुगेर अफिमखेती नष्ट गर्ने अभियान जारी राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *