• चैत्र २७, २०८१
  • No Comment
  • 130

यू–१९ क्रिकेट: अन्तिम खेलमा अफगानिस्तानमाथि नेपालको सानदार जित

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप छनोटको तयारीस्वरूप अफगानिस्तानसँगको अभ्यास शृङ्खलाको अन्तिम खेलमा नेपालले शानदार जित हात पारेको छ। मूलपानी क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई डिएलएस (DLS) मेथडका आधारमा ८५ रनले पराजित गरेको हो।

नेपालले पहिलो ब्याटिङ गर्दै ४४.५ ओभरमा १९१ रन बनाउँदै अलआउट भएको थियो। नेपालका लागि साहिल पटेलले ४६ रन र नीरजकुमार यादवले ४२ रनको योगदान दिए। अफगानिस्तानका हफीज जाद्रानले ४ विकेट लिए।

१९२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानको टोलीले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकियो। त्यसपछि खेल पुनः सुरु हुन नसकेपछि डिएलएस नियमअनुसार नेपाल विजयी भयो।

नेपालका बलर अपराजित पौडेलले २ विकेट, भने दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान १/१ विकेट लिएका थिए। अफगानिस्तानका फैसल शिनोजादाले १६ र अजिजुल्लाह मिया खिलले नटआउट १५ रन बनाए।

यद्यपि, शृङ्खला अफगानिस्तानले नै २–१ ले जितेको छ। अफगानिस्तानले पहिलो खेलमा नेपाललाई १३० रनले र दोस्रो खेलमा १ रनले हराएको थियो।

यो अभ्यास शृङ्खला आगामी आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि आयोजना गरिएको हो। उक्त छनोट प्रतियोगिता आइतवारदेखि काठमाडौँको मूलपानी मैदानमा सुरु हुनेछ, जसमा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमान सहभागी हुनेछन्।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *