• चैत्र २७, २०८१
  • No Comment
  • 182

नेपालबाट म्यानमारलाई २७ टन राहत सामग्री सहयोग

काठमाडौँ । हालै विनाशकारी भूकम्पले ठूलो क्षति बेहोरेको म्यानमारलाई नेपाल सरकारले झन्डै २७ मेट्रिक टन राहत सामग्री सहयोग गर्ने भएको छ। नेपाली प्रतिनिधिमण्डल बुधवार राति म्यानमार प्रस्थान गर्दैछ।

परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार, नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुने छन्, जसले म्यानमार सरकारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गर्नेछन्।

गत शुक्रबार म्यानमारमा आएको ७.७ रेक्टर स्केलको भूकम्पमा ३ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। म्यानमार सरकारको आग्रहमा, नेपालले खाद्यपदार्थ, औषधि, टेन्ट, मेडिकल सामग्री तथा चिकित्सक टोलीसहितको सहयोग गर्ने तयारी गरेको हो।

मन्त्री राणाका अनुसार, नेपालस्थित म्यानमार राजदूतावासमार्फत आवश्यक सामग्रीहरूको सूची प्राप्त भएपछि, सरकार र निजी क्षेत्र मिलेर २७ टन सामग्री संकलन गरिएको हो। यसअघि नै नेपाली सेनाको आपतकालीन मेडिकल टोली म्यानमारमा पुगिसकेको छ र अहिले राहत तथा उपचार कार्यमा खटिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “२०७२ सालको विनाशकारी भूकम्पमा म्यानमारले नेपाललाई सहयोग गरेको थियो। अहिले नेपालले मानवीय सहयोगका रूपमा म्यानमारलाई राहत पठाउन लागेको हो।”

उनका अनुसार, यो सामग्रीको अनुमानित मूल्य करिब १ करोड ४० लाख रुपैयाँ बराबर रहेको छ। पठाइने राहत सामग्रीमा भाँडाकुँडा, औषधि, ब्लड ट्रान्सफ्युजन सेट, खाद्यान्न तथा अन्य आवश्यक सामग्री समावेश छन्।

नेपाल सरकारको यो कदमलाई मानवीय सहकार्यको प्रतीकका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *