• चैत्र २७, २०८१
  • No Comment
  • 84

अछामको जयगढ बजारमा आगलागी : २७ घर जले 

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका केन्द्रसमेत रहेको जयगढ बजारमा मंगलबार साँझ आगलागी भएको छ। साँझ ७ बजेतिर एक पसलबाट सुरु भएको आगोले बजारका २७ घर जलेका छन्। जलेका घरहरूमध्ये १२ वटा व्यवसायिक पसल रहेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा आइसकेको छ। तर, घटनाले ठूलो धनमालको क्षति पुर्‍याएको अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार हालसम्म क्षतिको यकिन विवरण नआएको भए पनि प्रारम्भिक अनुमानअनुसार करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको छ।

डिएसपी भण्डारीका अनुसार आगो ग्यास सिलिण्डरबाट सुरु भई बजार क्षेत्रमा तीव्र रूपमा फैलिएको थियो। साघुरो गल्लीका कारण दमकलसमेत घटनास्थलमा सहजै पुग्न नसक्दा आगो नियन्त्रणमा लिन ढिलो भएको हो। आगलागी सुरु भएको साँझ ७ बजेदेखि आगो राति १२ बजे मात्र नियन्त्रणमा लिइएको थियो।

अहिले स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगमा पूर्णरूपमा आगो निभाइएको छ। घटनास्थलमा क्षति मूल्यांकन र थप विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *