• चैत्र २५, २०८१
  • No Comment
  • 170

गाजामा पत्रकारमाथि इजरायली आक्रमण: दुईको मृत्यु, सात घाइते

गाजा। इजरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टेन्टमा गरेको बम आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

आक्रमणको समयमा पत्रकारहरू अस्पतालको नजिकै सूचनाको संकलन र प्रत्यक्ष प्रसारणका लागि बसिरहेको बताइएको छ। युद्ध क्षेत्रको समाचार संकलन गरिरहेका सञ्चारकर्मीमाथि इजरायलकोले आक्रमण गरेको हाे।

यसअघि, इजरायली सेनाले मध्य गाजाको डेइर अल-बलाहका पाँच वटा बस्ती खाली गर्न आदेश दिएको थियो। सोही क्षेत्रमा भएको एक आक्रमणमा मात्र ५० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्।

त्यस्तै, इजरायली सुरक्षाकर्मीले कब्जामा लिएको पश्चिमी किनार (वेस्ट बैंक) मा एक प्यालेस्टिनी–अमेरिकी बालकको गोली हानी हत्या गरिएको जानकारी प्राप्त भएको छ। साथै, दक्षिणी लेबनानमा पनि इजरायली आक्रमणबाट दुई जना मारिएका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म इजरायली आक्रमणमा ५० हजार ६९५ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, भने १ लाख १५ हजार ३३८ जना घाइते भएका छन्।
गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार मृत्यु संख्या ६१ हजार ७ सय नाघिसकेको छ। यो सङ्ख्यामा भग्नावशेषमा फसेर बेपत्ता भएका हजारौं व्यक्ति पनि समावेश छन्।

हमास–इजरायलबीचको युद्ध सन् २०२३ को अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणबाट सुरु भएको थियो।
उक्त आक्रमणमा इजरायलमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाइएको थियो।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *