• चैत्र २५, २०८१
  • No Comment
  • 80

गाजामा पत्रकारमाथि इजरायली आक्रमण: दुईको मृत्यु, सात घाइते

गाजा। इजरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टेन्टमा गरेको बम आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

आक्रमणको समयमा पत्रकारहरू अस्पतालको नजिकै सूचनाको संकलन र प्रत्यक्ष प्रसारणका लागि बसिरहेको बताइएको छ। युद्ध क्षेत्रको समाचार संकलन गरिरहेका सञ्चारकर्मीमाथि इजरायलकोले आक्रमण गरेको हाे।

यसअघि, इजरायली सेनाले मध्य गाजाको डेइर अल-बलाहका पाँच वटा बस्ती खाली गर्न आदेश दिएको थियो। सोही क्षेत्रमा भएको एक आक्रमणमा मात्र ५० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्।

त्यस्तै, इजरायली सुरक्षाकर्मीले कब्जामा लिएको पश्चिमी किनार (वेस्ट बैंक) मा एक प्यालेस्टिनी–अमेरिकी बालकको गोली हानी हत्या गरिएको जानकारी प्राप्त भएको छ। साथै, दक्षिणी लेबनानमा पनि इजरायली आक्रमणबाट दुई जना मारिएका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म इजरायली आक्रमणमा ५० हजार ६९५ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, भने १ लाख १५ हजार ३३८ जना घाइते भएका छन्।
गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार मृत्यु संख्या ६१ हजार ७ सय नाघिसकेको छ। यो सङ्ख्यामा भग्नावशेषमा फसेर बेपत्ता भएका हजारौं व्यक्ति पनि समावेश छन्।

हमास–इजरायलबीचको युद्ध सन् २०२३ को अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणबाट सुरु भएको थियो।
उक्त आक्रमणमा इजरायलमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाइएको थियो।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *