• चैत्र ३०, २०८१
  • No Comment
  • 90

नेपाल सुपर लिग: काठमाण्डौ रेजर्सलाई हराउदैँ धनगढी एफसी शीर्ष स्थानमा 

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसी शानदार प्रदर्शनका साथ शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजो सम्पन्न खेलमा धनगढीले काठमाण्डौ रेजर्सलाई ३–१ को स्पष्ट अन्तरले पराजित गर्दै लिगको पहिलो स्थानमा कब्जा जमाएको हो।

धनगढीको जितमा स्ट्राइकर अहमद हिजाजी नायक बने, जसले व्यक्तिगत रुपमा ह्याट्रिक गर्दै टिमलाई महत्वपूर्ण तीन अङ्क दिलाए। चार खेलमा आठ अङ्क जोडेको धनगढी एफसी अहिले अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

यद्यपि ललितपुर सिटी एफसीको पनि आठ अङ्क नै भए पनि गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा सिमित भएको छ।

यस खेलमा पराजित काठमाण्डौ रेजर्स भने पाँच खेलमा पाँच अङ्क जोड्दै चौथो स्थानमा रहेको छ।

नेपाल सुपर लिग अन्तर्गत आज दुई प्रतिस्पर्धात्मक खेलहरू हुँदैछन्। पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स आमनेसामने हुने छन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्नेछन्।

धेरै दर्शक र समर्थकको ध्यान अहिले अंक तालिकाको शीर्ष स्थानमा प्रतिस्पर्धा गरिरहेका टिमहरूतर्फ केन्द्रित हुँदै गएको छ। लिगको आधा चरण नजिकिँदै गर्दा प्रत्येक खेल निर्णायक बन्दै गएका छन्।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *