• चैत्र ३०, २०८१
  • No Comment
  • 127

नेपाल सुपर लिग: काठमाण्डौ रेजर्सलाई हराउदैँ धनगढी एफसी शीर्ष स्थानमा 

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसी शानदार प्रदर्शनका साथ शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजो सम्पन्न खेलमा धनगढीले काठमाण्डौ रेजर्सलाई ३–१ को स्पष्ट अन्तरले पराजित गर्दै लिगको पहिलो स्थानमा कब्जा जमाएको हो।

धनगढीको जितमा स्ट्राइकर अहमद हिजाजी नायक बने, जसले व्यक्तिगत रुपमा ह्याट्रिक गर्दै टिमलाई महत्वपूर्ण तीन अङ्क दिलाए। चार खेलमा आठ अङ्क जोडेको धनगढी एफसी अहिले अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

यद्यपि ललितपुर सिटी एफसीको पनि आठ अङ्क नै भए पनि गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा सिमित भएको छ।

यस खेलमा पराजित काठमाण्डौ रेजर्स भने पाँच खेलमा पाँच अङ्क जोड्दै चौथो स्थानमा रहेको छ।

नेपाल सुपर लिग अन्तर्गत आज दुई प्रतिस्पर्धात्मक खेलहरू हुँदैछन्। पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स आमनेसामने हुने छन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्नेछन्।

धेरै दर्शक र समर्थकको ध्यान अहिले अंक तालिकाको शीर्ष स्थानमा प्रतिस्पर्धा गरिरहेका टिमहरूतर्फ केन्द्रित हुँदै गएको छ। लिगको आधा चरण नजिकिँदै गर्दा प्रत्येक खेल निर्णायक बन्दै गएका छन्।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *