• चैत्र २०, २०८१
  • No Comment
  • 215

सिदेश्वरी मावि २०८१ काे प्रथम वार्षिक परीक्षा नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

सुर्खेत। श्री सिदेश्वरी माध्यमिक बिद्यालय चौकुने- ७ सान्नेघारीमा शैक्षिक सत्र २०८१ को प्रथम  वार्षिक परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ |

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर सोनीको अध्यक्षतामा चौकुने गाउँपालिका अध्यक्ष खडक विवस बासपानेको प्रमुख आतिथ्यतामा र प्रमुख प्रसशाकिय अधिकृत पूर्ण बहादुर बि.क, वडा न.७ का अध्यक्ष धनीराम धमलाको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा कक्षा शिशु देखि कक्षा नौ सम्मका प्रथम,दित्तिय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीलाई प्रमुख अतिथिबाट पुरस्कार वितरण एवम् बिद्यालयका प्रधानाध्यापक रतनसिहं थापा र अतिथिबाट टिका प्रदान गरिएको थियो |

कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गर्दै बिद्यालयका प्रधानाध्यापक रतनशिह थापाले विभिन्न स्थान हासिल गर्ने सफल सम्पूर्ण विद्यार्थीलाई बधाई दिदै आगामी दिनमा अझ बढी सफलता हासिलका लागि सबै बिद्यार्थीहरुलाई अझै मेहेनत गरि आफ्नो नतिजालाई अझ उच्च राख्दै आफुलाई अब्बल बनाउनका लागि निरन्तर लाग्नु पर्ने बताउनु भएको थियो |

यसैगरी चौकुने गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि खडक बिवस वासपानेले बिद्यार्थीहरुलाई आफ्नो क्षमता बृद्दि गरि आफुलाई एउटा अब्बल बिद्यार्थीका रुपमा स्थापित हुनको लागि शुभकामना दिनुभएको छ । शिक्षा क्षेत्रमा पालिकाले काम गरिराखेको र अझैपनि निरन्तर काम गरिरहने प्रतिबद्धता ब्यक्त गर्दै सम्पूर्ण बिद्यार्थीभाइ बहिनीहरुलाई शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो बताउनुभयो ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *