• चैत्र १९, २०८१
  • No Comment
  • 88

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो थाइल्याण्डको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेपछि दिउँसो १२:३० बजे थाइल्याण्ड प्रस्थान गर्नेछन्।

 प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहनेछन्। उनले बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा उनी थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) सँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री ओली आगामी शनिबार, २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

 थाइल्याण्ड भ्रमण अघि प्रधानमन्त्री ओलीले शीर्ष नेताहरू तथा पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका थिए। आइतबार सम्पन्न छलफलमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरू उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा. भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, नारायणप्रकाश साउद, डा. विमला राई पौड्याल तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल सहभागी थिए।

 प्रधानमन्त्री ओलीको थाइल्याण्ड औपचारिक भ्रमण तथा बिम्स्टेक शिखर सम्मेलनमा सहभागिताका लागि मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकले अनुमोदन गरिसकेको छ। यो भ्रमण नेपाल-थाइल्याण्ड सम्बन्ध थप सुदृढ बनाउन तथा बिम्स्टेक क्षेत्रीय सहयोगलाई मजबुत बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

 

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *