- चैत्र १८, २०८१
- No Comment
- 62
राप्रपा नेता पक्राउ विरुद्ध सुर्खेतमा विरोध प्रदर्शन

सुर्खेत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पक्राउ परेको विरोधमा सुर्खेतको मंगलगढीचोकमा टायर बालेर आईतबार प्रदर्शन गरेका छन । प्रदर्शनका क्रममा टाएर जलाउदा प्रहरीको बर्दिमा समेत आगो सल्किँएको थियो।
विरोध प्रदर्शनमा राप्रपा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्ना नेताको रिहाइको माग गरेका छन ।
कार्यक्रममा सहभागीहरूले, हाम्रा नेताहरूमाथि गरिएको यो अन्याय भएको भन्दै प्रदर्शन गरेका थिए । यदि उनीहरूको रिहाई गरिएन भने आन्दोलनलाई अझ बढाउने बताएका छन ।