• चैत्र १८, २०८१
  • No Comment
  • 181

सुर्खेतमा प्रजिअलाई स्वागत

सुर्खेत – सुर्खेतका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जगदिश्वर उपाध्यायलाई सुर्खेत उद्योग वाणिज्य संघले भव्य स्वागत गरेको छ। संघद्वारा आयोजित स्वागत, परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम बिरेन्द्रनगरमा सम्पन्न भएको हो।

कार्यक्रममा संघका पदाधिकारीहरूले बिरेन्द्रनगरको समग्र सुरक्षा, बजार व्यवस्थापन र निजी क्षेत्रको प्रवर्द्धनका विषयमा विभिन्न महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।

संघले प्रमुख जिल्ला अधिकारी समक्ष रात्रिकालीन बजार सेवा सञ्चालन, सुरक्षा व्यवस्थापन सुधार, बजार क्षेत्रमा सीसीटीभी निगरानी प्रभावकारी बनाउने, लागूपदार्थ कारोबार नियन्त्रण, १३२ केभी विद्युत् प्रसारण लाइन शीघ्र सञ्चालन, ड्राइभिङ लाइसेन्स वितरण सहज बनाउने तथा अव्यवस्थित सडक व्यवसायलाई व्यवस्थापन गर्नुपर्ने माग राखेको थियो। साथै, निजी क्षेत्रको लगानीलाई सुरक्षित गराउने प्रभावकारी सुरक्षा नीति अवलम्बन गर्नुपर्ने विषय पनि उठाइएको थियो।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले आफ्नो कार्यकालमा प्रशासन, सुरक्षा र विकासलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सुर्खेतको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्ने आश्वासनसमेत दिनुभएको छ।

कार्यक्रममा संघका पदाधिकारी, सुरक्षाकर्मी, स्थानीय उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रमुख जिल्ला अधिकारी उपाध्यायको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *