• चैत्र १७, २०८१
  • No Comment
  • 210

भाटभटेनी सुपरमार्केट लुटपाट घटनामा संलग्न ९ जना पक्राउ

काठमाडौं – भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित सुपरमार्केटमा तोडफोड गर्दै लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा धनुषा, सर्लाही, नुवाकोट, सुनसरी, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका जिल्लाका व्यक्तिहरू रहेका छन्। उनीहरूमध्ये एकजना भारतको बिहार राज्यका पनि रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार र आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार पक्राउ परेकाहरू कोटेश्वर क्षेत्रमा बस्दै आएका थिए।

प्रहरीले लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *