• चैत्र १७, २०८१
  • No Comment
  • 44

आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सको भर्त्सना

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति, सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भीर आपत्ति जनाएको छ।

चेम्बरले यस्ता  गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भन्दै संयमित रहन आग्रह गरेको छ। साथै, प्रदर्शनका क्रममा नागरिक र व्यवसायीको नैसर्गिक अधिकार हनन भएको भन्दै पीडितहरूलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक र निजी सम्पत्ति तथा सञ्चारगृहमा क्षति पुगेको घटनाको घोर निन्दा गर्दै पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दछौं।”

यसअघि, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिसकेका छन्।

सम्बन्धित खबर

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गरियोस

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट…

 सुर्खेत। कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै…
वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *