• चैत्र १७, २०८१
  • No Comment
  • 131

आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सको भर्त्सना

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति, सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भीर आपत्ति जनाएको छ।

चेम्बरले यस्ता  गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भन्दै संयमित रहन आग्रह गरेको छ। साथै, प्रदर्शनका क्रममा नागरिक र व्यवसायीको नैसर्गिक अधिकार हनन भएको भन्दै पीडितहरूलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक र निजी सम्पत्ति तथा सञ्चारगृहमा क्षति पुगेको घटनाको घोर निन्दा गर्दै पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दछौं।”

यसअघि, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिसकेका छन्।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *