• चैत्र १४, २०८१
  • No Comment
  • 114

अफगानिस्तानमा भूकम्प, भारतसम्म धक्का महसुस

अफगानिस्तान।  पछिल्ला केही दिनयता हिन्दु कुश क्षेत्रमा लगातार भूकम्पको कम्पन महसुस गरिएको छ। यसैक्रममा, बिहीबार दिउँसो अफगानिस्तानलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्प नेपाली समयअनुसार दिउँसो १ बजेर ५८ मिनेट जाँदा गएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) का अनुसार, यसको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्र रहेको थियो। यो भूकम्पको झट्का भारतको कश्मीरसम्म महसुस गरिएको छ।

हालसम्म कुनै ठूला जनधनको क्षति भएको विवरण प्राप्त भएको छैन। तर, सञ्चारमाध्यमहरूका अनुसार, भूकम्पको झट्काले केही क्षेत्रहरूमा भवनहरूमा क्षति पुर्‍याएको आशंका गरिएको छ। अधिकारीहरूले थप विवरण संकलन गर्ने कार्य जारी राखेका छन्।

 

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *