- चैत्र १४, २०८१
- No Comment
- 45
आईपीएल: कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

काठमाडौं – आईपीएलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
गुवाहाटीस्थित बसरापाटा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन मात्र बनाउन सक्यो। ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। कोलकाताका बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र वैभव अरोराले समान २–२ विकेट लिए।
१५३ रनको लक्ष्य कोलकाताले १५ बल बाँकी रहँदै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर क्विन्टन डि ककले ९७ रनको अविजित इनिङ खेले।
यो जितपछि कोलकाताले २ अंक जोडेको छ भने राजस्थान अंकविहीन रह्यो।