- चैत्र १३, २०८१
- No Comment
- 111
बनेपामा बाबुले चलाएको ट्रकले किचेर छोरीको गयाे ज्यान
काभ्रे – बनेपा नगरपालिका-४ नालामा बाबुले चलाएको ट्रकले किच्दा ४ वर्षीया समीक्षा बरालको ज्यान गएकाे छ।
प्रहरीका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका-१ का सरोज बरालले चलाएको बा ४ ख ८५९२ नम्बरको ट्रक ब्याक गर्ने क्रममा छोरीलाई किचिएको हो। बराल परिवारसहित बनेपाको एक बालुवा डिपोमा बस्दै आएका थिए।
गम्भीर घाइते भएकी समीक्षाको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। हाल ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् भने मृतक बालिकाको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।