• चैत्र १३, २०८१
  • No Comment
  • 93

बनेपामा बाबुले चलाएको ट्रकले किचेर छोरीको गयाे ज्यान

काभ्रे – बनेपा नगरपालिका-४ नालामा बाबुले चलाएको ट्रकले किच्दा ४ वर्षीया समीक्षा बरालको ज्यान गएकाे  छ।

प्रहरीका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका-१ का सरोज बरालले चलाएको बा ४ ख ८५९२ नम्बरको ट्रक ब्याक गर्ने क्रममा छोरीलाई किचिएको हो। बराल परिवारसहित बनेपाको एक बालुवा डिपोमा बस्दै आएका थिए।

गम्भीर घाइते भएकी समीक्षाको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। हाल ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् भने मृतक बालिकाको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *