• चैत्र १२, २०८१
  • No Comment
  • 131

आईपीएल २०२५: आशुतोषको शानदार ब्याटिङमा दिल्लीको सनसनीपूर्ण जित

काठमाडौं । आशुतोष शर्मा र विपराज निगमको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा विजयी सुरुवात गरेको छ।

सोमबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई एक विकेटको सनसनीपूर्ण अन्तरले पराजित गरेको हो। २१० रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाउँदै तीन बल बाँकी रहँदा लक्ष्य पूरा गर्‍यो।

दिल्लीका लागि आशुतोष शर्मा नायक सावित भए। उनले ३१ बलमा अविजित ६६ रन बनाए, जसमा ५ चौका र ५ छक्का सामेल थिए। विपराज निगमले पनि आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३९ रन जोडे। दिल्लीको सुरुवात भने निकै खराब रह्यो। दुई बलमै दुई विकेट गुमाएको टोलीले ७ रनमै तेस्रो विकेट पनि खेर फालेको थियो।

कप्तान अक्षर पटेल र उपकप्तान फाफ डु प्लेसिसले चौथो विकेटका लागि ४३ रनको साझेदारी गर्दै केही स्थिरता प्रदान गरे। तर, ६५ रनमा पाँचौँ विकेट पतन भएपछि टोली दबाबमा परेको थियो। १३औँ ओभरमा ट्रिस्टन स्टब्स पनि आउट भएपछि दिल्लीको हार निश्चित जस्तै देखिएको थियो। तर, निगम र शर्माले सातौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै टोलीलाई पुनः जितको लयमा फर्काए।

लखनउका बलरमध्ये शार्दूल ठाकुर, मनिमरन सिद्धार्थ, दिगवेश राठी र रवि विश्नोइले समान दुई-दुई विकेट लिए। पावर प्लेमा अनुभवहीन स्पिनर सिद्धार्थ र राठीको प्रयोग गर्दा लखनउलाई सफलता मिलेको थियो। तर, विश्नोइ महँगा सावित भए। उनले ४ ओभरमा ५३ रन खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनाएको थियो। मिचेल मार्सले ३६ बलमा ७२ रन तथा निकोलस पुरनले ३० बलमा ७५ रन प्रहार गरे। यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै टिमलाई सशक्त आधार दिएका थिए। कुनै समयमा २४० रनको लक्ष्य सम्भावित देखिएको लखनउलाई कुलदिप यादवले रोकिदिए। उनले ४ ओभरमा मात्र २० रन खर्चेर दुई विकेट लिए।

दिल्लीका लागि मिचेल स्टार्कले पनि प्रभावशाली बलिङ गरे। उनले ४ ओभरमा ४२ रन खर्चेर तीन विकेट लिए। मार्स र पुरन आउट भएपछि डेभिड मिलरले १९ बलमा अविजित २७ रन बनाए। तर, अन्य ब्याट्सम्यान खासै योगदान दिन सकेनन्, जसका कारण लखनउले उच्च लक्ष्य बनाउन सकेन।

यो जितसँगै दिल्ली क्यापिटल्सले आईपीएल २०२५ मा बलियो सुरुवात गरेको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *