• चैत्र ११, २०८१
  • No Comment
  • 74

दाङमा प्लाई उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

दाङ। दाङ जिल्लाको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ। राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र ट्याङ्कर परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीले आगो नियन्त्रणमा ल्याउने प्रयास जारी राखेका छन्।

आगलागी भएको स्थान नजिकै बस्ती रहेकाले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। अधिकारी लम्सालले बाँके र रुपन्देही जिल्लाबाट थप दमकल मगाइएको जानकारी दिएका छन्।

आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने क्षतिको विवरण संकलनको कार्य पनि जारी रहेको प्रहरी प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *