• चैत्र ११, २०८१
  • No Comment
  • 167

दाङमा प्लाई उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

दाङ। दाङ जिल्लाको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ। राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र ट्याङ्कर परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीले आगो नियन्त्रणमा ल्याउने प्रयास जारी राखेका छन्।

आगलागी भएको स्थान नजिकै बस्ती रहेकाले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। अधिकारी लम्सालले बाँके र रुपन्देही जिल्लाबाट थप दमकल मगाइएको जानकारी दिएका छन्।

आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने क्षतिको विवरण संकलनको कार्य पनि जारी रहेको प्रहरी प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *