• चैत्र १०, २०८१
  • No Comment
  • 133

इजरायली आक्रमणमा हमासका शीर्ष नेता र उनकी श्रीमतीको मृत्यु

गाजा पट्टीको दक्षिणी सहर खान युनिसमा इजरायली हवाई आक्रमणका क्रममा हमासका शीर्ष राजनीतिक नेता सलाह अल-बर्दाविल र उनकी श्रीमतीको मृत्यु भएको छ। हमासका एक अधिकारीले आइतबार बीबीसीलाई यो जानकारी दिएका हुन्।

स्थानीय स्रोतहरूले पनि हवाई आक्रमणमा बर्दाविल दम्पतीको ज्यान गएको पुष्टि गरेका छन्। तर, इजरायली अधिकारीहरूबाट भने यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

इजरायली सेनाले गत मंगलबारदेखि गाजामा पुनः आक्रमण सुरु गरेको हो। यसअघि जनवरी १९ देखि मार्च ३० सम्म युद्धविराम कायम रहेको थियो, तर त्यसपछि युद्धविराम लम्ब्याउने विषयमा दुई पक्षबीच सहमति हुन नसक्दा इजरायलले सैन्य कारबाहीलाई निरन्तरता दिएको हो। इजरायलले हमासलाई युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेको आरोप लगाएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा गाजा पट्टीका विभिन्न स्थानमा इजरायली आक्रमणमा परी कम्तीमा ३२ प्यालेस्टिनीको ज्यान गएको छ। युद्धविराम भंग भएयता गाजामा ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको हमासको दाबी छ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *