• चैत्र ८, २०८१
  • No Comment
  • 150

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन्।

चतुर्वेदीका अनुसार फागुन २९ गते राति वीरगन्ज-८ स्थित डाइमन्ड पार्टी प्यालेसमा उनलाई कुटपिट गरिएको थियो। पार्टी प्यालेस सञ्चालक वीरेन्द्र पासवानका छोराको जन्मोत्सवमा सहभागी भइरहेका बेला वडाध्यक्ष चतुर्वेदीमाथि हमला भएको हो। घटना स्थलको भिडिओसमेत सार्वजनिक भइसकेको छ।

कुटपिट घटनामा संलग्न रहेको आरोपमा वीरगन्ज-१० का वडाध्यक्ष सुशील साह कानु, वीरगन्ज-१३ का सागर शमशेर जबरा, वडा नं ११ का भूषण यादव, वडा नं १६ का भुसाल यादव चौरसिया, वडा नं ६ का विक्की गुप्ता, सागरको घरमा डेरा बस्ने दीपेश क्षेत्री र वीरगन्ज-१० का लखनलाल गुप्ताविरुद्ध जाहेरी दिइएको  जिल्ला प्रहरी कार्यालय  पर्साले जनाएकाे छ। जाहेरी परेका मध्ये सुशील साह वडाध्यक्ष, सागर जबरा प्रहरी वरिष्ठ सई र दीपेश क्षेत्री प्रहरी जवान हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार वडाध्यक्ष चतुर्वेदीलाई अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकिएको छ। साथै, प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरिरहेको जानकारी दिएका छन्। आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने एसपी मिश्रले बताए।

वडाध्यक्ष चतुर्वेदीले आफूलाई पहिल्यैदेखि ज्यान मार्ने योजनासहित जासुसी भइरहेको आरोप लगाएका छन्। हेलमेट र रड प्रहारबाट उनको आँखानजिक, टाउको, पिँठ्यु र घाँटीमा चोट लागेको उनले जाहेरीमा उल्लेख गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *