• चैत्र ८, २०८१
  • No Comment
  • 19

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन्।

चतुर्वेदीका अनुसार फागुन २९ गते राति वीरगन्ज-८ स्थित डाइमन्ड पार्टी प्यालेसमा उनलाई कुटपिट गरिएको थियो। पार्टी प्यालेस सञ्चालक वीरेन्द्र पासवानका छोराको जन्मोत्सवमा सहभागी भइरहेका बेला वडाध्यक्ष चतुर्वेदीमाथि हमला भएको हो। घटना स्थलको भिडिओसमेत सार्वजनिक भइसकेको छ।

कुटपिट घटनामा संलग्न रहेको आरोपमा वीरगन्ज-१० का वडाध्यक्ष सुशील साह कानु, वीरगन्ज-१३ का सागर शमशेर जबरा, वडा नं ११ का भूषण यादव, वडा नं १६ का भुसाल यादव चौरसिया, वडा नं ६ का विक्की गुप्ता, सागरको घरमा डेरा बस्ने दीपेश क्षेत्री र वीरगन्ज-१० का लखनलाल गुप्ताविरुद्ध जाहेरी दिइएको  जिल्ला प्रहरी कार्यालय  पर्साले जनाएकाे छ। जाहेरी परेका मध्ये सुशील साह वडाध्यक्ष, सागर जबरा प्रहरी वरिष्ठ सई र दीपेश क्षेत्री प्रहरी जवान हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार वडाध्यक्ष चतुर्वेदीलाई अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकिएको छ। साथै, प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरिरहेको जानकारी दिएका छन्। आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने एसपी मिश्रले बताए।

वडाध्यक्ष चतुर्वेदीले आफूलाई पहिल्यैदेखि ज्यान मार्ने योजनासहित जासुसी भइरहेको आरोप लगाएका छन्। हेलमेट र रड प्रहारबाट उनको आँखानजिक, टाउको, पिँठ्यु र घाँटीमा चोट लागेको उनले जाहेरीमा उल्लेख गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…
के तपाईलाई थाहा छ ? शाकाहारी भोजनले जिम शरीर निर्माण गर्न सकिन्छ ?

के तपाईलाई थाहा छ ? शाकाहारी भोजनले जिम शरीर…

काठमाडौँ ।जिम र फिटनेसको कुरा आउँदा, अक्सर एउटा प्रश्न उठ्छ कि अण्डा, कुखुरा वा मांसाहारी खाना बिना राम्रो मांसपेशी र शरीर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *