- चैत्र ५, २०८१
- No Comment
- 46
च्याउ खाएर बिरामी भएका १० जनामध्ये एकको मृत्यु, अन्य खतरा मुक्त

तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका १० जनामध्ये एकजनाको मृत्यु भएको छ।
म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको उपचारका क्रममा सोमबार पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार बिरामी परेका अन्य नौ जनाको अवस्था खतरामुक्त छ।
शुक्रबार राति बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी परेका थिए।