• फाल्गुन ३०, २०८१
  • No Comment
  • 17

महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयासको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई धर्मेन्द्रसिंह महतो पक्राउ परेका छन्। शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वे ट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई महतोले करणी प्रयास गरेको आरोप स्थानीयले लगाएका छन्।

बालिका चिच्याएपछि स्थानीयहरू भेला भई विरोध गरेका थिए। लोहरपटी गाउँपालिकाका वडाध्यक्ष श्याम यादवका अनुसार स्थानीयले घटनाको विरोध गर्दै सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले आरोपी सईलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जानकारी दिएका छन्।

नेपाल प्रहरीले पीडित पक्षबाट जाहेरी प्राप्त भइनसकेको बताउँदै जाहेरी आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। वडाध्यक्ष यादवका अनुसार सई महतो पहिले पनि ती बालिकाको घरमा आउजाउ गर्ने गरेको बताइएको छ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *