• चैत्र १, २०८१
  • No Comment
  • 174

महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयासको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई धर्मेन्द्रसिंह महतो पक्राउ परेका छन्। शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वे ट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई महतोले करणी प्रयास गरेको आरोप स्थानीयले लगाएका छन्।

बालिका चिच्याएपछि स्थानीयहरू भेला भई विरोध गरेका थिए। लोहरपटी गाउँपालिकाका वडाध्यक्ष श्याम यादवका अनुसार स्थानीयले घटनाको विरोध गर्दै सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले आरोपी सईलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जानकारी दिएका छन्।

नेपाल प्रहरीले पीडित पक्षबाट जाहेरी प्राप्त भइनसकेको बताउँदै जाहेरी आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। वडाध्यक्ष यादवका अनुसार सई महतो पहिले पनि ती बालिकाको घरमा आउजाउ गर्ने गरेको बताइएको छ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *