- फाल्गुन २७, २०८१
- No Comment
- 10
इटहरीमा बाल विवाहमा प्रहरी हस्तक्षेप, बेहुलाबेहुली सहित पण्डित पक्राउ

इटहरीमा उमेर नपुगी विवाह गराउँदै गर्दा प्रहरीले बेहुलाबेहुली, उनीहरूका बाबुहरू र विवाह गराउने पण्डितलाई पक्राउ गरेको छ। सोमबार इटहरीको राधाकृष्ण मन्दिरमा बेहुली पक्षका आफन्तहरू भेला भइसकेका थिए। जन्ती आएपछि बेहुलीलाई बाहिर ल्याउँदा उनको कम उमेर देखेर उपस्थित सबै छक्क परे।
स्थानीयहरूले बाल विवाह रोक्न आग्रह गरे पनि विवाह अघि बढेपछि नगर बाल सञ्जालमार्फत प्रहरीलाई खबर गरियो। प्रहरी पुगेपछि जग्गेबाटै २८ वर्षीय बेहुला उपेश नेपाल, १८ वर्षीया बेहुली, विवाह गराउने पण्डित दिनेशकुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेशकुमार दाहाललाई पक्राउ गरियो।
सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले उनीहरूलाई बाल विवाह कसुरमा अनुसन्धान भइरहेको बताए। परिवारले मागी विवाह गरेको दाबी गरे पनि केटाकेटीबीच प्रेम सम्बन्ध रहेकाले भाग्ने डरले विवाह गराउन लागेको बताएका छन्।