• फाल्गुन २७, २०८१
  • No Comment
  • 123

इटहरीमा बाल विवाहमा प्रहरी हस्तक्षेप, बेहुलाबेहुली सहित पण्डित पक्राउ

इटहरीमा उमेर नपुगी विवाह गराउँदै गर्दा प्रहरीले बेहुलाबेहुली, उनीहरूका बाबुहरू र विवाह गराउने पण्डितलाई पक्राउ गरेको छ। सोमबार इटहरीको राधाकृष्ण मन्दिरमा बेहुली पक्षका आफन्तहरू भेला भइसकेका थिए। जन्ती आएपछि बेहुलीलाई बाहिर ल्याउँदा उनको कम उमेर देखेर उपस्थित सबै छक्क परे।

स्थानीयहरूले बाल विवाह रोक्न आग्रह गरे पनि विवाह अघि बढेपछि नगर बाल सञ्जालमार्फत प्रहरीलाई खबर गरियो। प्रहरी पुगेपछि जग्गेबाटै २८ वर्षीय बेहुला उपेश नेपाल, १८ वर्षीया बेहुली, विवाह गराउने पण्डित दिनेशकुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेशकुमार दाहाललाई पक्राउ गरियो।

सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले उनीहरूलाई बाल विवाह कसुरमा अनुसन्धान भइरहेको बताए। परिवारले मागी विवाह गरेको दाबी गरे पनि केटाकेटीबीच प्रेम सम्बन्ध रहेकाले भाग्ने डरले विवाह गराउन लागेको बताएका छन्।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *