• फाल्गुन २१, २०८१
  • No Comment
  • 163

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हल्का हुस्सु लाग्ने सम्भावना

देशभर मौसमको अवस्था पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम सफा छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम खुला रहने महाशाखाको पूर्वानुमान छ। राति कोशी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले बिहीबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको जनाएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उडानमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित खबर

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *