• फाल्गुन १६, २०८१
  • No Comment
  • 19

सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प आज बिहान २:५१ बजे गएको हो।

भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै स्थानमा महसुस गरिएको थियो, जसका कारण कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार, भूकम्पबाट ठूलो क्षति भएको छैन।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार, भूकम्पको कारण आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी सामान्य घाइते भएका छन्। उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। यस्तै, कोदारी इलाका प्रहरी कार्यालयको भित्तामा क्षति पुगेको छ। अन्य क्षतिको विवरण संकलन भइरहेकाे छ।

यसअघि, पुस ५ गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *