• फाल्गुन १६, २०८१
  • No Comment
  • 127

सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प आज बिहान २:५१ बजे गएको हो।

भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै स्थानमा महसुस गरिएको थियो, जसका कारण कतिपय मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार, भूकम्पबाट ठूलो क्षति भएको छैन।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार, भूकम्पको कारण आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी सामान्य घाइते भएका छन्। उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। यस्तै, कोदारी इलाका प्रहरी कार्यालयको भित्तामा क्षति पुगेको छ। अन्य क्षतिको विवरण संकलन भइरहेकाे छ।

यसअघि, पुस ५ गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *