- फाल्गुन १५, २०८१
- No Comment
- 22
जनताका गायक जीवन शर्मालाई चौकुने गाउँपालिकाको कार्यलयमा स्वागत

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । उमेर भइसक्यो असी झन ठूला दुःखले जेलेको छोराछोरी पालेताले यै भारीको भरमा जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म वैशाखको धुपमा पनि सुख पाइन मैले साउनको बाढी पहिरो भन्न पाइन मैले निमुखा यो सर्वहारा सातुको कोसेली फुकायो भिजेको जिउको सारा डाँडामा पसिना सुकायो यस्तैयस्तै गरिब दुखीका गित गाउने गायक जीवन शर्मालाई चौकुने गाउँपालिकाको कार्यलयमा स्वागत गरिएको छ ।
नेपालको ब्यबस्था परिवर्तन र राजनीतिक आन्दोलनका मोर्चाहरुमा गीतसंगीतको माद्यमबाट जनतालाई जागरुक गराउन वहाँले पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको कदर गर्दै चौकुने गाउँपालिका का अध्यक्ष खडक बिवस वासपाने ,पालिका उपाध्यक्ष नर बहादुर बान्तोला र चौकुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि कले वहाँलाई स्वागत गर्नु भएको थियो ।
जीवनको कालखण्डभरि नै गरिब जनताले लगाउन, खान पाउनुपर्छ भन्ने ‘गीत संगीतको माध्यमबाट शोषित, पीडित, असहाय, एवं श्रमजीविको आवाजलाई झंकृत गर्दै न्याय, र समताको लागि विगत लामो समयदेखि सशक्त आवाज उठाउँदै’ आएकोमा अध्यक्ष खडक बिवस वासपानेले हार्दिक कृतज्ञता ब्यक्त गर्नु भएको थियो ।
Enter