• फाल्गुन ५, २०८१
  • No Comment
  • 125

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा न. १ र २ मा जग्गा धनी प्रमाण पुर्जाको प्रक्रिया शुरु

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा न. १ र २ मा जग्गा धनी प्रमाण पुर्जाको प्रक्रिया शुरु भएको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा न १ साँतार धामिसैन वडा न २ लगाममा जग्गाधनी पुर्जा वितरण प्रक्रिया शुरु भएको छ ।

भुमिसमस्या समाधान आयोग जिल्लामा गठन भएसंगै चौकुने को साबिक लगाम हाल चौकुने १ र २ का विभिन्न ठाउँ मा टेबुल राखी चौकुने गाउँपालिका भुमी शाखाले काम शुरु गरेको छ । नाप नक्सा सम्पन्न भैसकेका जग्गा धनी हरुको जग्गा दर्ता कायम गर्नकालागी सर्जिमनी मुचुल्का र फायल तयार गर्ने कार्य सुरु भएको पालिका अध्यक्ष खडक बिवस बासपानेले बताउनु भएको छ ।

राष्ट्रिय भूमि आयोग सुर्खेतसँग समन्वय गरि जग्गाको लाल पुर्जा प्रमाण प्रक्रिया अघि बढाएको र आफुहरुले चुनाबमा जनताका बीचमा राखेका प्रतिबद्धता पूरा गर्न इमानदारीसाथ लाग्ने बताउनु भयो । अध्यक्ष बिवसले जग्गाको नापजाँच गर्ने कार्य सकिएको र अब सोही अनुसार ऐलानी जग्गाको काम अगाडि बढेको र गाउँपालिकाका भूमिहीन दलित,सुकुमबासी र अव्यवस्थित बसोबासी जमिनका मालिक बन्ने बताउनु भयो ।

स्वदेश तथा बिदेश रहेका सबै चौकुने बासीहरुले आफ्नो जग्गाको लालपुर्जा पाउनुपर्ने बताए ।पटकपटक चुनावमा सुकुम्बासी लाई जग्गा धनी लाल पुर्जा दिने राजनीति दलको चुनावी नारा अब अन्त गर्नुपर्ने उहाँले बताउनु भएको छ ।

ऐलानी जग्गा नापजाँचको कार्य अघि बढेसँगै चौकुने गाउँपालिकामा १ र २ वडाका वडा वासिहरु जमिनको मालिक बन्नेछन् । भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्ने कार्य अनुरुप ऐलानी जग्गा नापजाँचको काम सुरु गरिएको उपाध्यक्ष नर बहादुर बान्तोलाले बताउनु भयो । हरेक वडामा भइरहेका विकास निर्माणका गतिविधिमा सबै नागरिकको हित र विकासमा केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ थियो ।

उहाँले खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, बाटोघाटो लगायत सार्वजनिक जग्गा सहमति बाट छुट्याउनु पर्ने बताउनु भयो ।उक्त कार्यमा चौकुने ,गाउपालिका भुमी शाखा प्रमुख भुपेन्द्र वली ,पदम प्रसाद खनाल ,टिकाराम टमट्टा ,टोप बहादुर बुढा लगायतको टिम रहेको छ ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *