• फाल्गुन २, २०८१
  • No Comment
  • 69

आज विश्वभर ‘भ्यालेन्टाइन्स डे’ मनाउँदै

 प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन्स डे’ आज विश्वभर प्रेम र समर्पणको प्रतीकका रूपमा मनाइँदैछ। पछिल्लो समय नेपालमा पनि यो दिवसले युवापुस्तामा व्यापक लोकप्रियता हासिल गरेको छ।

सन्त भ्यालेन्टाइनको बलिदानको सम्झनामा मनाइने यो दिवस तेस्रो शताब्दीको रोमका शासक क्लोडियसको समयमा सुरु भएको विश्वास गरिन्छ। शासकले विवाहलाई सैनिकको शक्ति र बुद्धि कम गर्ने बताउँदै प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइनले शासकको फरमानको अवज्ञा गर्दै सैनिकहरूको गुपचुप विवाह गराए।

उनको यो कार्यले शासक क्रोधित हुँदै सन् २६९ मा उनलाई मृत्युदण्डको सजाय सुनाए। मृत्युदण्ड अघि उनले जेलरकी दृष्टिविहीन छोरीलाई प्रेमपूर्वक एक पत्र लेखेका थिए, जसमा ‘फ्रम योर भ्यालेन्टाइन’ लेखिएको थियो। यही घटनाबाट प्रेरित भएर १४ फेब्रुअरीलाई प्रणय दिवसको रूपमा मनाउने परम्परा सुरु भएको हो।

यस दिन प्रेमी-प्रेमिकाहरूले एक-अर्कालाई फूल, चकलेट, कार्डजस्ता उपहार दिँदै प्रेम व्यक्त गर्छन्। पछिल्ला वर्षहरूमा नेपालमा पनि यो दिवसलाई पर्वकै रूपमा मनाउन थालिएको छ। युवाहरूले आफ्नो प्रेम प्रस्ताव राख्ने र भावनाहरू व्यक्त गर्ने अवसरका रूपमा यस दिनलाई विशेष मान्ने गरेका छन्।

भ्यालेन्टाइन्स डे मनाउने क्रममा हप्ता दिनसम्म विभिन्न विशेष दिन मनाउने चलन छ। यसलाई ‘भ्यालेन्टाइन वीक’ भनिन्छ, जसमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, र हग डे मनाइन्छ।

प्रेम र समर्पणलाई जीवनका मुख्य आधारका रूपमा प्रकट गर्ने यो दिवसले हरेक वर्ष विश्वभरिका लाखौं मानिसहरूलाई खुशी प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *