• फाल्गुन २, २०८१
  • No Comment
  • 144

आज विश्वभर ‘भ्यालेन्टाइन्स डे’ मनाउँदै

 प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन्स डे’ आज विश्वभर प्रेम र समर्पणको प्रतीकका रूपमा मनाइँदैछ। पछिल्लो समय नेपालमा पनि यो दिवसले युवापुस्तामा व्यापक लोकप्रियता हासिल गरेको छ।

सन्त भ्यालेन्टाइनको बलिदानको सम्झनामा मनाइने यो दिवस तेस्रो शताब्दीको रोमका शासक क्लोडियसको समयमा सुरु भएको विश्वास गरिन्छ। शासकले विवाहलाई सैनिकको शक्ति र बुद्धि कम गर्ने बताउँदै प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइनले शासकको फरमानको अवज्ञा गर्दै सैनिकहरूको गुपचुप विवाह गराए।

उनको यो कार्यले शासक क्रोधित हुँदै सन् २६९ मा उनलाई मृत्युदण्डको सजाय सुनाए। मृत्युदण्ड अघि उनले जेलरकी दृष्टिविहीन छोरीलाई प्रेमपूर्वक एक पत्र लेखेका थिए, जसमा ‘फ्रम योर भ्यालेन्टाइन’ लेखिएको थियो। यही घटनाबाट प्रेरित भएर १४ फेब्रुअरीलाई प्रणय दिवसको रूपमा मनाउने परम्परा सुरु भएको हो।

यस दिन प्रेमी-प्रेमिकाहरूले एक-अर्कालाई फूल, चकलेट, कार्डजस्ता उपहार दिँदै प्रेम व्यक्त गर्छन्। पछिल्ला वर्षहरूमा नेपालमा पनि यो दिवसलाई पर्वकै रूपमा मनाउन थालिएको छ। युवाहरूले आफ्नो प्रेम प्रस्ताव राख्ने र भावनाहरू व्यक्त गर्ने अवसरका रूपमा यस दिनलाई विशेष मान्ने गरेका छन्।

भ्यालेन्टाइन्स डे मनाउने क्रममा हप्ता दिनसम्म विभिन्न विशेष दिन मनाउने चलन छ। यसलाई ‘भ्यालेन्टाइन वीक’ भनिन्छ, जसमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, र हग डे मनाइन्छ।

प्रेम र समर्पणलाई जीवनका मुख्य आधारका रूपमा प्रकट गर्ने यो दिवसले हरेक वर्ष विश्वभरिका लाखौं मानिसहरूलाई खुशी प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *