• माघ ३०, २०८१
  • No Comment
  • 152

चौकुने गाउँपालिका वडा न ८ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

सुर्खेतको चौकुने गाउँपालिका ८ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने ,उपाध्यक्ष नर बहादुर बान्तोला र प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क लगायत अन्य अतिथिहरुले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटन गर्दै खडक बिवस वासपानेले विगतका वर्षमा पालिकामा निर्माणका धेरै कामहरु सम्पन्न भएको वताउनुभयो ।

नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क ले बोल्दै छिटो, छरितो र नागरिकको गुनासो नआउने गरी सेवा प्रवाह गर्न सुझाव दिनुभएको थियो ।यस्तै वडा न ८ का वडाध्यक्ष कमल बहादुर जि सीले आफुहरु पहिलो पटक निर्वाचित भएर आएपछि अधिकांश समय सिकाईमै वितेको बताउनुभयो । , उहाँले भन्नुभयो ‘तथापि वडाको विकासमा हामीले धेरै काम गर्न सफल भएका छौं ।’नयाँ प्रशासनिक भवनबाट सेवाग्राहीहरुलाई निरन्तर सेवा दिन वडाका जनप्रतिनिधिहरु लागि परिरहने विस्वास ब्यक्त गर्नु भएको छ कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने पालिका ईन्जिनियरहरु र सहायक ठेकेदार ईन्द्र बहादुर सोनीलाई सम्मान स्वरुप प्रशंसा पत्र वितरण गरिएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रीय सल्लाहकार सदस्य भुपेन्द्र जोशी , नेपाली कांग्रेस किसान महासंघका केन्द्रीय सदस्य गजराज जोशी ,रा स्व पा चौकुने संयोजक प्रशुराम बास्तोला , नेकपा माओवादी चौकुने गाउँ कमिटी अध्यक्ष गंगाराम बि क , चौकुने गाउँपालिका वडा न ६ का वडा अध्यक्ष गोविन्द थापा , काँग्रेस वडा सभापति दिपेन्द्र जैसी लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *