• माघ ३०, २०८१
  • No Comment
  • 164

चौकुने गाउँपालिका वडा न ८ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

सुर्खेतको चौकुने गाउँपालिका ८ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने ,उपाध्यक्ष नर बहादुर बान्तोला र प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क लगायत अन्य अतिथिहरुले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटन गर्दै खडक बिवस वासपानेले विगतका वर्षमा पालिकामा निर्माणका धेरै कामहरु सम्पन्न भएको वताउनुभयो ।

नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क ले बोल्दै छिटो, छरितो र नागरिकको गुनासो नआउने गरी सेवा प्रवाह गर्न सुझाव दिनुभएको थियो ।यस्तै वडा न ८ का वडाध्यक्ष कमल बहादुर जि सीले आफुहरु पहिलो पटक निर्वाचित भएर आएपछि अधिकांश समय सिकाईमै वितेको बताउनुभयो । , उहाँले भन्नुभयो ‘तथापि वडाको विकासमा हामीले धेरै काम गर्न सफल भएका छौं ।’नयाँ प्रशासनिक भवनबाट सेवाग्राहीहरुलाई निरन्तर सेवा दिन वडाका जनप्रतिनिधिहरु लागि परिरहने विस्वास ब्यक्त गर्नु भएको छ कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने पालिका ईन्जिनियरहरु र सहायक ठेकेदार ईन्द्र बहादुर सोनीलाई सम्मान स्वरुप प्रशंसा पत्र वितरण गरिएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रीय सल्लाहकार सदस्य भुपेन्द्र जोशी , नेपाली कांग्रेस किसान महासंघका केन्द्रीय सदस्य गजराज जोशी ,रा स्व पा चौकुने संयोजक प्रशुराम बास्तोला , नेकपा माओवादी चौकुने गाउँ कमिटी अध्यक्ष गंगाराम बि क , चौकुने गाउँपालिका वडा न ६ का वडा अध्यक्ष गोविन्द थापा , काँग्रेस वडा सभापति दिपेन्द्र जैसी लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *