• माघ २५, २०८१
  • No Comment
  • 236

चौकुने गाउँपालिका वडा नम्बर ६ स्थित साल्म आधारभुत स्वास्थ्य केन्द्रमा वडा खोपअभियान कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर ६ स्थित साल्म आधारभुत स्वास्थ्य केन्द्रको वडा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह (म.स्वा.से.), र विद्यालय शिक्षकहरूलाई एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले चौकुने गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको यस खोप अभियानलाई सार्थक र भव्य रूपमा सफल पार्न वडा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह, र विद्यालय शिक्षकहरूको महत्वपूर्ण भूमिका रहनेछ।

यसैले माघ २७ देखि ३० गतेसम्म खोप सञ्चालन गर्न सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वासका साथ अभिमुखिकरण गरिएको चौकुने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ईन्द्र बहादुर जैसुरीले जानकारी दिनु भएको छ । यस अभियानको लक्षित समूह विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समूहका बालिकाहरू हुन्।

यस अभियानले गर्भाशय ग्रीवाको क्यान्सरबाट बचाउन एच.पी.भि. खोपको महत्वपूर्ण भूमिका रहेको छ। साल्म आधारभुत स्वास्थ्य केन्द्रका अहेब बिरेन्द्र बयकले यस अभियानलाई सफल बनाउन स्थानीय समुदाय, अभिभावक, र शिक्षकहरूको सहयोग अपेक्षा रहने बताउनु भएको छ । साल्म आधारभुत स्वास्थ्य केन्द्रमा एच.पी.भि. खोप अभियान २०८१ को अभिमुखिकरण कार्यक्रमले अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहभागिताको अपेक्षा समेत गर्नुभएको छ ।

कार्यक्रममा चौकुने गाउपालिकाका वडा न ६का वडा अध्यक्ष गोबिन्द थापाले बोल्दै एच.पि.भी.खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले खोपबारे अभिभावकलाई समेत सचेतना प्रदान गर्नुपर्नेमा बताउदै नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले यो अभियानका लक्षित वर्गलाई नछुटाउन सम्पुर्ण क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले सबै बर्ग र समुदायले यो अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रम साल्म आधारभुत स्वास्थ्य केन्द्र वडा खोप समन्वय समितिका संचालक तथा वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा चौकुने गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरी ,जनस्वास्थ्य निरिक्षक जनक बिश्वकर्मा , सामुदायिक स्वास्थ्य ईकाई कोईरालवासका अहेव पुरुषोत्तम थापा ,जीवन ज्योति मा बि बिध्यालय ब्यस्थापन समितिका अध्यक्ष रामलाल बयक ,महिला वडा सदस्य खैरी दमाई ,महिला स्वयंसेवी समूह लगायत सरोकारवाला निकाय तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *