• माघ २५, २०८१
  • No Comment
  • 105

कालिकाेटमा ट्क दुर्घटना हुँदा १ जनाकाे मृत्यु, चालक प्रहरीकाे नियन्त्रणामा

सुर्खेत । कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ट्रक चालक प्रहरीकाे नियन्त्रणमा रहेका छन ।

बिहिबार बेलुका करिब ८ बजेकाे समयमा  कालिकाेटकाे नरहरिनाथस्थित लालु भन्ने ठाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक सोही ठाउँको हलेसे भन्ने भीरमा दुर्घटना परेको हो ।

दुर्घटनामा परी  मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, का ४५ वर्षीय गंग देउवा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर शाहीले लार्इका खबरलार्इ जानकारी दिए ।

शाहीका अनुसार मृतक देउवा दुर्घटना भएको ट्रकका साहु पनि हुन् ।

प्रारभिक अनुसन्धान अनुसार एक्कासी ब्रेक फेल हुँदा  ट्रक सडकबाट साढे २ सय मिटर तल खसको हुन सक्ने अनुमान गरिरएकाे छ । ट्रक चालक हामफालेर बच्च सफल भएकाे प्रहरीले बताएकाे छ । घटना सम्बन्धी थप अनुन्धान भइरहेकाे शाहिकाे भनाइ रहेकाे छ ।

 

 

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *