• माघ २३, २०८१
  • No Comment
  • 224

स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण गुटु स्वास्थ्य चौकी को आयोजनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आगामी माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन हुन गैरहेको खोप अभियान अन्तर्गत स्वास्थ्य चौकीले पालिका स्तरीय खोप समन्वय समितिलाई अभिमुखिकरण प्रदान गरेको छ ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने एच.पि.भी खोप कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाईदैछ । गुटु स्वास्थ्य चौकी प्रमुख गगन सिंह पाण्डेले माघ २७ देखि २९ गतेसम्म पालिका भित्रका सम्पूर्ण मा वि र आधारभुत विद्यालयका किशोरीलाई खोप दिइने जानकारी दिनुभएको छ उहाँका अनुसार विद्यालयमा अध्ययनरत छात्राहरुलाई माघ २७ देखि फागुन ६ गते सम्म विद्यालय मै पुगेर खोप लगाईने र अन्य छुटेका विद्यार्थी तथा विद्यालय भन्दा बाहिर रहेका उमेर समुह भित्रका किशोरीहरुलाईअन्तिम दिन स्वास्थ्य संस्थामार्फत खोप प्रदान गरिने छ ।

गुटु स्वास्थ्य चौकीका प्रमुख गगनसिहं पाण्डेले एच.पि.भी. खोप अभियानको कार्यनीतिको बारेमा जानकारी दिदै सरकारले यसै वर्षदेखि एच.पि.भी. खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेको पनि बताउनु भएको छ पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक चार जना महिलाको ज्यान गएको तथ्याड्ढ रहेकाले खोप अभियानमा सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ । एच.पि.भी. खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गरिएको उहाँको भनाई रहेको छ । आवश्यकता अनुसार पालिका तथा वडाका जनप्रतिनिधीहरुलाई समेत खटाइने बताउनु भयो । जसका लागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतसंग अभिमुखिकरण गर्ने काम सम्पन्न भईसकेको गुटु स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत कोहि पनि खोप अभियानमा नछुटुन् भन्ने उदेश्यले प्रचारप्रसार भईरहेको र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा पुगेर समेत खोप अभियानमा छुटेका किशोरीहरुलाई सामेल गराउने गरी तयारी भईरहेको स्वस्थ्य चौकी प्रमुखले जानकारी दिनु भएको छ ।

 

कार्यक्रममा चौकुने गाउपालिकाका वडा न ८ का वडा अध्यक्षले बोल्दै एच.पि.भी.खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले खोपबारे अभिभावकलाई समेत सचेतना प्रदान गर्नुपर्नेमा बताउदै नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले यो अभियानका लक्षित वर्गलाई नछुटाउन सम्पुर्ण क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले सबै बर्ग र समुदायले यो अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रम स्वास्थ्य चौकी गुटुका ब्यबस्थापक तथा संचालक समितिका संयोजक कमल बहादुर जि सी को अध्यक्षतामा भएको थियो । कार्यक्रममा श्री ने रा मा बि भट्टेुसरा का प्र अ मोहन प्रसाद पौडेल , ने रा आ वि मोतिसेरा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जङ्ग बहादुर कामी ,वडा सचिव शुसिला भुषाल ,महिला वडा सदस्य एलिसा बुढा मगर लगायत सरोकारवाला निकाय तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *