• माघ २२, २०८१
  • No Comment
  • 175

जाजरकोटमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
आज बिहान साढे ८ बजेको समयमा मध्यपहाडी राजमार्ग अर्न्तगत छेडागाड नगरपालिका–११ सिम्लेखोला स्थित
फुन्मा देखि वडाबन तर्फ गिट्टी लिएर आउदै गरेको भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटना भएको हो ।

टिप्परको एक्कासी ब्रेक फेल भई सडकको भित्ता साईडमा ठोकीई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृतक मध्यपहाडी राजमार्ग निर्माणको जिम्मा लिएको शुरुकृति कम्पनीको ट्याक्टर चलाउँदै आएका तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर- ३ बस्ने ४० वर्षीय हरि प्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरलाई जानकारी दिए । पाण्डेका अनुसार घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका- १ बस्ने चालक २५ वर्षीय सन्तोष सुनार र दैलेख जिल्ला नारायाण नगरपालिका वडा नम्बर- ३ बस्ने सहचालक १८ वर्षीय हरि प्रसाद भट्टराई रहेका छन ।

उनीहरु दुवैलाई थलहस्थित छेडागाड नगर अस्पतालमा उपचार भइरहेकाे छ। तर चालक सुनारको अवस्था गम्भिर भएकोेले थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *