• मंसिर २१, २०८२
  • No Comment
  • 155

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष सूचना आधारमा नियन्त्रणमा लिइएको एम्बुलेन्सबाट ठूलो परिमाणको गाँजा बरामद भएको हो।

हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलबाट ज १ च १५५८ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएपछि प्रहरीले पछाडिको भागमा बोरामा लुकाइराखिएको ५१ किलो ५ सय ग्राम गाँजा फेला पारेको सर्लाही प्रहरीले जनाएको छ। बरामद गरिएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता भएको हो।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।

यसअघि पनि सर्लाहीमा गाँजा तस्करीका घटनाहरू दोहोरिएको जनाइएको छ। शुक्रबार मात्रै लालबन्दी नगरपालिका–११, हीरापुरबाट ५२ किलो गाँजासहित एकजनालाई पिकअप भ्यानसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्लाको चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको र त्यहाँ उत्पादन भएको गाँजा भारततर्फ पठाइने गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *