• मंसिर २२, २०८२
  • No Comment
  • 128

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी
जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका धेरै पक्षमा लाभदायक हुने विभिन्न अध्ययनले देखाएको छ। विशेषगरी माघे संक्रान्ति जस्ता पर्वमा तिलका लड्डु तथा अन्य परिकार खाने प्रचलनले पनि चिसो मौसममा यसकाे महत्व झनै बढाउँछ।
स्वादसँगै स्वास्थ्यका हिसाबले समेत तिलको नियमित सेवन गर्नुस् भन्ने चिकित्सकहरू सुझाव दिन्छन्। तिलमा पाइने भिटामिन, प्रोटिन, एन्टिअक्सिडेन्ट र खनिज तत्वहरूले शरीरलाई तातो राख्नुका साथै धेरै रोगबाट बचाउने क्षमता राख्छ। यहाँ जाडो मौसममा तिल सेवन गर्दा पाइने सात प्रमुख फाइदाहरू प्रस्तुत गरिएको छ:

१. छालामा पोषण
तिलको तेल छालाकाे लागि अत्यन्त लाभदायक मानिन्छ। यसले छालामा आवश्यक पोषण, मोइस्चर र सुरक्षात्मक तह प्रदान गर्छ, जसले चिसोले हुने सुख्खापन कम गर्छ।
२. तनाव र डिप्रेशनमा कमी
तिल भिटामिन–बी समूहले भरिपूर्ण हुन्छ। यसको सेवनले स्नायुतन्त्रलाई मजबुत बनाउने र तनाव तथा डिप्रेशनजस्ता समस्या कम गर्ने प्रभाव देखिएको छ।
३. कोलेस्ट्रोल नियन्त्रण
तिलमा पाइने मोनो–स्याचुरेटेड फ्याटी एसिडले शरीरको खराब कोलेस्ट्रोल (LDL) कम गर्न मद्दत गर्छ, जसले मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
४. मुटुरोगका लागि लाभदायक
तिलको नियमित प्रयोग मुटुरोगीका लागि उपयोगी मानिन्छ। यसमा रहेका राम्रो फ्याट, खनिज र एन्टिअक्सिडेन्टहरूले मुटु स्वस्थ राख्न सहयोग पुर्‍याउँछन्।
५. क्यान्सर रोकथाममा मद्दत
तिलमा पाइने ‘सेसमिन’ एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले क्यान्सरका कोषहरूको वृद्धि रोक्ने प्रभाव राख्छ। यसले शरीरमा फ्री–रेडिकलका प्रभावलाई कम गर्छ।
६. मुटुका मांसपेशीलाई मजबुत बनाउने
तिलमा रहेका क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियमजस्ता खनिज तत्वहरूले मुटुका मांसपेशीलाई सक्रिय र स्वस्थ राख्न मद्दत गर्छन्।
७. हड्डी विकासमा उपयोगी
तिलमा डाइट्री प्रोटिन र एमिनो एसिड भरपूर मात्रामा पाइन्छ। बालबालिकालाई तिलका परिकार खुवाउँदा हड्डी मजबुत हुने र तन्दुरुस्ती बढ्ने विशेषज्ञहरूको भनाइ छ।

चिसो मौसममा तिलका परिकार जस्तै लड्डु, चाकु, तिलकुट, तिलको तेल प्रयोग गरे स्वास्थ्यका यी लाभ प्राप्त गर्न सकिन्छ। स्वास्थ्यका लागि प्राकृतिक तरिकाले शरीरलाई मजबुत बनाउने तिल जाडो मौसममा झनै उपयुक्त मानिन्छ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *