• मंसिर २१, २०८२
  • No Comment
  • 109

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले जनाएको छ। बिहीबार भएको यस भीषण आक्रमणको जिम्मा लिएर भने कुनै पक्षले स्वीकार गरेको छैन।

सुडानी सेनाले आक्रमणका लागि अर्धसैनिक समूह ‘र्‍यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ)लाई दोष लगाएको छ। तर आरएसएफले घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया नदिइकन उल्टै सेनाले शुक्रबार डार्फर क्षेत्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। आरएसएफका अनुसार सेनाले चाडसँगको आद्रे सीमा नजिक रहेको बजार र इन्धन डिपोलाई लक्ष्य बनाएको थियो।

सुडान अप्रिल २०२३ यता गम्भीर गृहयुद्धको चपेटामा छ। आरएसएफ र सेनाबीचको शक्ति संघर्षले हजारौँ नागरिक बिस्थापित भएका छन् र देशभर हिंसा निरन्तर उग्रिँदै गएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *