• माघ २०, २०८१
  • No Comment
  • 168

भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार पनि दिइएको छ : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या समाधान आयोग अन्तिम हुने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

चाबहिलमा मालपोत र नापी कार्यालय भवन उद्घाटन गर्दै उनले भूमि समस्या समाधान गर्न अहिले बनेको आयोगलाई अधिकार पनि दिइएको बताए । पहिले आयोग बनाउने, तर अधिकार नदिने समस्या भएकामा ऐन संशोधन गरेर अधिकार दिइएको मन्त्री अधिकारीको भनाइ थियो ।

‘नागरिकता नम्बरमार्फत देशभर कसका नाममा कहाँ जग्गा छ भनेर थाहा पाउन सकिन्छ, अन्यत्र कसैले जग्गा लिएको पुष्टि भएमा कारबाही हुन्छ’, मन्त्री अधिकारीले भने ।

नियम र विधि विपरीत काम नगर्न मालपोत र नापी कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको हित विपरीत काम गरेमा कारबाही हुने चेतावनी दिए ।

विसं २०२१ मा भूमिसुधार लागू भई हदबन्दीमा परेको जग्गा अहिले दर्ता गरेर कमजोरी भएको स्वीकार गर्दै मन्त्री अधिकारीले त्यस्ता कुरालाई अब सच्याउनुपर्ने बताए ।

सार्वजनिक जग्गा कति छन्, तिनको पनि अभिलेख बनाएर राख्न पनि उनले निर्देशन दिए । सरकारी संरचना निर्माणका लागि जग्गा माग भएमा प्रक्रियागत रूपमा अघि बढी आएमा मन्त्रालयले नरोक्ने मन्त्री अधिकारीको भनाइ थियो ।

मालपोत र नापी कार्यालयको काम एउटै स्थानबाट गर्ने गरी एकै ठाउँमा कार्यालय बनाइएको मन्त्री अधिकारीले बताए । विविध समस्याका कारण तराईका अधिकांश जग्गाको अहिलेसम्म पनि नाप नभएका कारण समस्या आएको उनको भनाइ थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले मालपोत र नापी कार्यालय टाढा हुँदा समस्या आएकाले एकै स्थानमा दुवै कार्यालय राखी कार्यसम्पादनमा सहज बनाइएको बताए ।

भवन नयाँ भए जस्तै नयाँ सोचका साथ कर्मचारीले पनि काम गर्नुपर्नेमा सचिव पोखरेलले जोड दिए । सयौँ वर्ष पुराना अभिलेखलाई माथिल्लो तलामा सुरक्षित गरी राख्न उनले निर्देशन दिए ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *