• माघ १९, २०८१
  • No Comment
  • 243

राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न

चौकुने गाउंपालिकामा सञ्चालन भएको सातौं पालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि जीवन ज्योति मावि गुटुले जितेको छ । वडा नं. ७ को खेलमैदानमा सञ्चालन भएको रनिङ शिल्ड कार्यक्रम समापन भएको छ ।

उक्त समापन कार्यक्रमको अध्यक्षता सिद्धेश्वरी मा. बि का बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्र सोनी र प्रमुख अथिती चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस बासपानेको रहेको थियो भने वडा न ७ का वडा अध्यक्ष धनिराम धमाला ,वडा न ,८ का वडा अध्यक्ष कमल जि सी ,नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य भुपेन्द्र जोशीको बिशेश अतिथि रहेको थियो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको पालिका स्तरिय प्रतियोगितामा पैंतीस स्वर्णसहित जीवन ज्याति  मावि गुटु प्रथम भएको छ । १५ स्वर्ण,१० रजत,१० कास्य गरी ३५ वटा मेडल प्राप्त गरेर जीवन ज्योति माध्यमिक बिद्यालय प्रथम भएको छ ।

त्यस्तै ९ स्वर्ण,५ रजत,४कास्य गरी १८ वटा मेडल प्राप्त गरी सरस्वती मा वि घाटगाँउ द्वितीय भएको छ । यसैगरी ६ स्वर्ण,२ रजत,७ कास्य गरी १५ वटा मेडल प्राप्त गरी जगन्नाथ मा बि बिजौरा तृतीय भएको छ । पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्डमा पालिकाभरिका १२ बिद्यालयले सहभागिता जनाएका थिए ।

यस्तै पालिका स्तरीय रनिङ शिल्डमा सहयोग गर्ने सम्पुर्णलाई धन्याबाद दिँदै खेल क्षेत्रको विकासका लागि अगामि दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरिने चौकुने गाउंपालिकाका अध्यक्ष खडक बिवसले बताउनु भयो ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन गाउँपालिका टिम,खेलकुद विकास समिति,सुरक्षाकर्मी ,राजनीतिज्ञ,राजनीतिक दल,नागरिक समाज,कर्मचारी सञ्चारकर्मी,स्थानीय जनता,शिक्षक,विद्यार्थी,अभिभावक र सरोकारवाला निकायहरूको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *