• माघ १७, २०८१
  • No Comment
  • 304

भेरीगंगाको सत्तरीमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते

सुर्खेतको भेरीगंगामा बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेको समयमा रत्नराजमार्गस्थित भेरीगंगा नगरपालिका–३ सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक दैलेख गुराँस गाउँपालिका–१ बस्ने वर्ष ३१ का हिरा पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते भएका पुन मगरलार्ई उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

प्रहरीकाअनुसार घाइते हुनेहरूमा बर्दिया मधुवन नगरपालिका–१३ बस्ने वर्ष ३९ की पूजा थापा, मुधवन नगरपालिका–२ बस्ने वर्ष ५० की शान्ती थापा, बर्दिया गुलरिया–४ बस्ने वर्ष ६० की हरि राम गुडिया, वीरेन्द्रनगर–११ बस्ने वर्ष ६८ का पुरी चन्द्र भट्टराई रहेका छन् ।

यस्तै दैलेख डुङगेश्वर गाउँपालिका–१ बस्ने वर्ष २० का गणेश थापा, बस चालक वीरेन्द्रनगर–९ बस्ने वर्ष ४१ का थमन राना पनि घाइते भएका छन् । घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *