• माघ १७, २०८१
  • No Comment
  • 337

भेरीगंगाको सत्तरीमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते

सुर्खेतको भेरीगंगामा बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेको समयमा रत्नराजमार्गस्थित भेरीगंगा नगरपालिका–३ सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक दैलेख गुराँस गाउँपालिका–१ बस्ने वर्ष ३१ का हिरा पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते भएका पुन मगरलार्ई उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

प्रहरीकाअनुसार घाइते हुनेहरूमा बर्दिया मधुवन नगरपालिका–१३ बस्ने वर्ष ३९ की पूजा थापा, मुधवन नगरपालिका–२ बस्ने वर्ष ५० की शान्ती थापा, बर्दिया गुलरिया–४ बस्ने वर्ष ६० की हरि राम गुडिया, वीरेन्द्रनगर–११ बस्ने वर्ष ६८ का पुरी चन्द्र भट्टराई रहेका छन् ।

यस्तै दैलेख डुङगेश्वर गाउँपालिका–१ बस्ने वर्ष २० का गणेश थापा, बस चालक वीरेन्द्रनगर–९ बस्ने वर्ष ४१ का थमन राना पनि घाइते भएका छन् । घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *