• माघ १४, २०८१
  • No Comment
  • 133

हुम्लाबाट ५ लाख बराबरको अवैध मदिरा बरामद

नेपालको उत्तरी सीमा नाका हिल्साबाट अवैध रूपमा भित्र्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ ।

हिजो (आइतबार) राती साढे १० बजे हुम्लाको सिमकोट गाउँपालिकास्थित कालिञ्चोक बजारको चोकबाट ५ लाख मूल्य बराबरको २९ बोरा ८७ कार्टुन चिनियाँ झिनिगिन्टी मदिरा बरामद गरिएको हो ।

नेपाल भित्र्याइएको चिनियाँ मदिरा प्रति बोतल ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्ष शंकर पोखरेल लाईकालाई बताए ।

पोखरेलका अनुसार प्रहरी निरिक्षक सरोज कडेल को कमाण्डमा ५०१ लिटर अवैध मदिरा बरामद गरिएको हो ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *