• माघ १३, २०८१
  • No Comment
  • 99

सामुदायिक वनले उपभोक्ता लाई निशुल्क रुपमा दियो ग्यास चुलो

सुर्खेतको चौकुने गाउपालिका – ३ बेतानमा श्री पिपल डाडा सामुदायिक वन उपभोक्ता समितिले बेतखोलि र धौलाकाडाका ५४ घरधुरीलाई ग्यास चुलो वितरण गरेको छ । श्री पिपल डाडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम थापामगरले एक कार्यक्रमबीच चुलो र ग्यास हस्तान्तरण गरेका हुन् ।

पिपल डाडा सामुदायिक वनको कोषबाट बेतखोलि र धौलाकाडाका स्थानीयलाई चुलो हस्तान्तरण गरिएको श्री पिपल डाडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम थापामगरले जानकारी दिनु भएको छ । बनजंगल संरक्षण गर्नुका साथै दाउराको समस्या बाट मुक्तहुन र धुवा बाट लाग्ने रोगबाट बच्नको लागि आफुहरुले ग्यास चुलो उपभोक्ताहरुलाई बितरण गरेको सामुदायिक बनका अध्यक्ष थापामगरले बताउनु भयो उहाले आफुहरुले गरेको कार्यले बनको आम्दानीमा वृद्धि हुनुका साथै बन बाताबरणमा समेत सुधार आउने आशा ब्यक्त गर्नु भएको छ ।

अध्यक्ष थापामगरले सहभागी उपभोक्ताहरुलाई खाना पकाउदा ग्यास सिलिन्डर बाट हुनसक्ने खतराका पक्षहरुको बारेमापनि जानकारी दिएको बताउनु भएको छ । करिब ८ लाख रकम बराबरको प्रतिघरमा ग्यास चुलो पाउँदा आफुहरु निकै खुसी भएको स्थानीय उपभोक्ता भुमि रानामगर र टेक बहादुर राम्जाली मगरले बताएका छ्न ।उनिहरुले आगामी दिनहरुमा यस्तै प्रभावकारी र जनमुखी काम गर्न समुदायिक बनका कार्यसमितिलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित खबर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…
सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ गौरीशंकर टोलका ४८…
सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन जना युवकलाई पक्राउ गरेको छ। उनीहरूलाई  साेमबार साँझ वीरेन्द्रनगर नगरपालिका-१० नयाँगाउँबाट पक्राउ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *