• माघ १३, २०८१
  • No Comment
  • 138

वीरेन्द्रनगरमा १० वर्षीय बालकको पानीमा डुबेर मृत्यु

सुर्खेतको वीरेन्द्रनगर–९ लाटिकोइलीमा १० वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो करिब साढे २ बजेको समयमा पानीमा डुबेर उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बालक पानीमा डुबेको अवस्थामा फेला परेका थिए । स्थानीयले बालकलाई पानीबाट बाहिर निकालेर अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालकको हालसम्म पनि पहिचान हुन सकेको छैन ।

अहिले शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ तर अहिले सम्म बालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनले भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घटनाको प्रकृति हेर्दा बालक पौडी खेल्न आएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *