• माघ १२, २०८१
  • No Comment
  • 181

दैनिक १ चम्चा मह खाँदा के हुन्छन फाइदा ?

मह हाम्रो गाउँघरमा सहजै उपलब्ध हुने खानेकुरा हो । दैनिक बिहान खाली पेट एक चम्चा मह खाँदा शरीरलाई धेरै फाइदाहरू हुन्छन् ।

यो स्वादमा मिठो हुनुका साथै स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । विशेष गरी जाडो मौसममा यसलाई नियमित खाँदा अझ धेरै फाइदा हुन्छ ।

महमा कार्बोहाइड्रेट पाइन्छ जसले शरीरमा ऊर्जा बढाउने काम गर्छ । यस्तोमा जब तपाईँ सुस्त महसुस गर्नुहुन्छ महले तपाईँको शरीरमा ऊर्जा प्रदान गर्छ ।

महमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यसको अर्थ हो मह रगतमा बिस्तारै अब्जर्ब हुन्छ जसले ब्लड सुगर लेवललाई नियन्त्रण गर्न सहयोग गर्छ । साथमा महमा एन्टीअक्सीडेन्ट र फाइटोकेमिकल्स् हुन्छन् । यसले मेटाबोलिज्म बढाउँछ र तौल घटाउन सहयोग गर्छ ।

महमा ट्रिप्टोफेन पाइन्छ । यो एउटा क्यामिकल हो जसले शरीरमा सेरोटोनिनको उत्पादनमा सहयोग गर्छ । यसले निद्रालाई नियन्त्रण गर्न सकिन्छ ।

त्यसैले महको दैनिक सेवनले तपाईँको निद्रामा गुणात्मकता आउँछ र राम्रो निद्रा लाग्छ । मह स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक मानिन्छ । यसले तपाईँको छालामा प्राकृतिक चमक ल्याउँछ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *