- माघ १०, २०८१
- No Comment
- 27
चौकुने गाउँपालिकामा पालिका स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता हुदै

सुर्खेतको चौकुने गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीको काम तिब्र रुपमा भएको छ । माघ १६ गतेबाट सञ्चालन हुने ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । पालिकास्तरीय प्रतियोगिता माघ १६ गतेदेखि १८गतेसम्म हुनेछ । तीन दिनसम्म चल्ने पालिकास्तरीय प्रतियोगिताबाट प्रथम र द्वितीय हुने खेलाडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट हुनेछन् ।
प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । पालिकास्तरीय र फाइनल दुबै प्रतियोगितामा दौड, रिले दौड, कपर्दी, हाइजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो, सितेरियो कराँतेतर्फका खेलहरू हुने खेलकुद विकास समिति“चौकुनेका अध्यक्ष कमल जि सीले जानकारी दिनु भएको छ । पालिकास्तरीय र फाइनल दुबै प्रतियोगितामा चौकुने गाउँ पालिकामा रहेका ११ वटै बिधालयका बिध्यार्थीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । चौकुने –७ का वडा अध्यक्ष धनिराम धमलाले आफ्नो वडामा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन गर्न पाएको भन्दै गौरवको विषय भएको बताउनुभयो । पालिकास्तरीय प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।