• माघ ९, २०८१
  • No Comment
  • 125

आफैंमाथि गोली प्रहार गर्ने प्रहरी जवानको अवस्था गम्भीर

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली प्रहार गरेका छन्। बुधबार बेलुका करिब साढे ८ बजे ड्युटीका क्रममा उनले सेन्ट्री कोत गारदमा एसएलआर राइफलबाट गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनामा गोली जवान बिष्टको दाहिने कानभन्दा माथि लागेको छ। तत्कालै घाइते बिष्टलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी घटनास्थल पुगेका थिए। उनले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए।

यसअघि पनि कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले गत पौष १२ गते आफैंमाथि गोली चलाएका थिए। उक्त घटनामा घाइते न्यौपाने हाल उपचाररत छन्।

यस्ता घटनाहरूले प्रहरी संगठनभित्र मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको आवश्यकता औंल्याएको छ।

 

सम्बन्धित खबर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…
सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ गौरीशंकर टोलका ४८…
सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन जना युवकलाई पक्राउ गरेको छ। उनीहरूलाई  साेमबार साँझ वीरेन्द्रनगर नगरपालिका-१० नयाँगाउँबाट पक्राउ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *