• माघ ९, २०८१
  • No Comment
  • 201

आफैंमाथि गोली प्रहार गर्ने प्रहरी जवानको अवस्था गम्भीर

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली प्रहार गरेका छन्। बुधबार बेलुका करिब साढे ८ बजे ड्युटीका क्रममा उनले सेन्ट्री कोत गारदमा एसएलआर राइफलबाट गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनामा गोली जवान बिष्टको दाहिने कानभन्दा माथि लागेको छ। तत्कालै घाइते बिष्टलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी घटनास्थल पुगेका थिए। उनले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए।

यसअघि पनि कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले गत पौष १२ गते आफैंमाथि गोली चलाएका थिए। उक्त घटनामा घाइते न्यौपाने हाल उपचाररत छन्।

यस्ता घटनाहरूले प्रहरी संगठनभित्र मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको आवश्यकता औंल्याएको छ।

 

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *