• माघ ७, २०८१
  • No Comment
  • 137

 कार्यालय प्रमुखसहित आठ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आज आठमध्ये चारजनालाई मुख्य अभियुक्त र चारजनालाई मतियार ठहर गरेको हो ।

अदालतले मालपोत प्रमुख रसाइलीलाई एक वर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको हो ।

मतियारहरु विन्द्रा रावल, कमलबहादुर रावल, सुनीलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ ।

अदालतले दोषी ठहर भएकामध्ये विन्द्रा रावल ज्येष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिन मात्र कैद बसे हुने फैसला सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठजना विरुद्ध २४ करोड ६ लाख ६९ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *