• माघ ६, २०८१
  • No Comment
  • 159

अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीको प्रदर्शन

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । आइतबार बार परिसर रामशाहपथमा सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर विरोध आक्रमणको विरोध जनाएका हुन् ।

उनीहरुले वरिष्ठ अधिवक्तामाथि आक्रमण गर्नेमाथि कडा कारवाही हुनुपर्ने जनाएका छन् । त्यस्तै कानून व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनीहरुले बताएका छन् ।

विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सवै एकताबद्ध भएर कानून व्यवसायीमाथि भएको आक्रमणको विरोध गर्नुपर्ने बताए । कानुन व्यवसायी असुरक्षित भए अदालत नै असुरक्षित हुने भएकाले सरकारले ध्यान दिनुपर्ने उनले बताए । उनले कानून व्यवसायीमाथिको आक्रमण लोकतन्त्रमाथि लाग्न खोजेको ग्रहण भएको जिकिर गरे ।

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भइरहेको आक्रमण रोक्न एकता आवश्यक रहेको बताए । उनले त्रिपाठीमाथि भएको आक्रमणको विस्तृत रुपमा अनुसन्धान गरेर सबैलाई कानुनको कठघरमा उभ्याउनुपर्नेमा जोड दिए।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायिक प्रक्रियाको अभिन्न अंगको रुपमा रहेको कानून व्यवसायीमाथिको आक्रमण उचित नभएको बताए । उनले उक्त घटनाको जिम्मेवारी रास्वपाले लिनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने माग गरे । आफूले बहस गर्दै फर्कँदा आफूमाथि भौतिक आक्रमण भएको उनले बताए ।

गत बुधबार काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *