• माघ ६, २०८१
  • No Comment
  • 92

अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीको प्रदर्शन

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । आइतबार बार परिसर रामशाहपथमा सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर विरोध आक्रमणको विरोध जनाएका हुन् ।

उनीहरुले वरिष्ठ अधिवक्तामाथि आक्रमण गर्नेमाथि कडा कारवाही हुनुपर्ने जनाएका छन् । त्यस्तै कानून व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनीहरुले बताएका छन् ।

विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सवै एकताबद्ध भएर कानून व्यवसायीमाथि भएको आक्रमणको विरोध गर्नुपर्ने बताए । कानुन व्यवसायी असुरक्षित भए अदालत नै असुरक्षित हुने भएकाले सरकारले ध्यान दिनुपर्ने उनले बताए । उनले कानून व्यवसायीमाथिको आक्रमण लोकतन्त्रमाथि लाग्न खोजेको ग्रहण भएको जिकिर गरे ।

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भइरहेको आक्रमण रोक्न एकता आवश्यक रहेको बताए । उनले त्रिपाठीमाथि भएको आक्रमणको विस्तृत रुपमा अनुसन्धान गरेर सबैलाई कानुनको कठघरमा उभ्याउनुपर्नेमा जोड दिए।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायिक प्रक्रियाको अभिन्न अंगको रुपमा रहेको कानून व्यवसायीमाथिको आक्रमण उचित नभएको बताए । उनले उक्त घटनाको जिम्मेवारी रास्वपाले लिनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने माग गरे । आफूले बहस गर्दै फर्कँदा आफूमाथि भौतिक आक्रमण भएको उनले बताए ।

गत बुधबार काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *