• माघ ४, २०८१
  • No Comment
  • 235

खो–खो विश्वकप : विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

नेपाली महिला टोली भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा खो–खो विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेपालले आफ्नो समूहमा अपराजित रहँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।

समूह ‘सी’का चारै खेलमा नेपाल विजयी भयो । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ८४–२४ ले हराउँदै नेपाल समूह विजेता बन्यो । समूह ‘सी’मा नेपाल, भुटान र जर्मनीसँगै बंगलादेश र श्रीलंका थिए ।

समूह विजेता बनेको नेपालले चार खेलबाट १२ अंक जोड्यो । नेपालसँग पराजित बंगलादेश पनि समूह उपविजेता हुँदै अन्तिम आठमा पुगेको छ । बंगलादेशले चार खेलबाट ९ अंक बनाएको छ । बंगलादेशविरुद्ध नेपालकी मानमती धामी उत्कृष्ट अट्याकर र दीपा विक उत्कृष्ट खेलाडी घोषित भएका छन्‌ ।

यसअघि नेपालले भुटानलाई ९३–२४ ले हराएको थियो । नेपालले दोस्रो खेलमा जर्मनीलाई ७३–३४ तथा तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले पराजित गर्‍यो । पहिलो खो–खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएका छन्‌ । यसअघि नेपालबाट प्रतिनिधित्व गरेको पुरुष टोली पनि क्वार्टरफाइनल प्रवेश गरेको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *